काभ्रेमा सञ्चारीका समूह गठन

0
Shares

काभ्रे। 

काभ्रेमा सञ्चारीका समूह गठन गरिएको छ । सुनिता सापकोटाको नेतृत्वमा काभ्रेमा ९ सदस्यीय  सञ्चारीका समूह गठन भएको हो ।
नेपाल पत्रकार महासंघ काभ्रेको उपाध्यक्षसमेत रहेकी सापकोटा निर्विरोध अध्यक्षमा चयन भएकी हुन्  । त्यस्तै उपाध्यक्षमा सम्झना हुमागाईँ, महासचिवमा ज्योति श्रेष्ठ, सचिवमा अञ्जली तामाङ, कोषाध्यक्षमा मालती कुवर तथा सदस्यहरुमा सीता काफ्ले, बिपाशना शाक्य, काजल तामाङ, सोभा हुमागाईँ चयन भएका हुन्  ।

सञ्चारीका समूह नेपालका अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारीका समूहका केन्द्रीय सदस्य राधा खनाल, भगवती तिमल्सिना, महासंघका पूर्वअध्यक्ष इश्वोरी ओझा, महेश पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौरारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, तामाङ संचार समूहका अध्यक्ष अञ्जली तामाङ लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।