समाजवादीको पसल धेरै चल्दैन, अस्तित्व सकिन्छ : गोकुल बास्कोटा



सिन्धुपाल्चोक । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एकीकृत समाजवादीको अस्तित्व अब सकिँदै गएको  बताएका छन् ।

नेपाल कम्युष्ट पार्टी एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको आयोजनामा चौतारामा आज  भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले समाजवादीको पसल धेरै दिन नचल्ने भन्दै समाजवादीलाई देशबाटै कोल्याप्स बनाइदिने बताए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य सहितका नेता कार्यकर्ताहरूलाई एमालेमा भित्र्याउँदै उनले जुका जस्तै अरू पार्टीसँग टाँसिएर बस्ने पार्टीहरूको औचित्य नरहेको  बताए।

समाजवादी मात्रै नभएर माओवादी पनि क्रमशः कोल्याप्स हुँदै जाने उनको भनाइ  छ ।

बास्कोटाले अब त्यो धारमा  बसिरहेका समाजवादीका अन्य नेता कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्