लम्पीका कारण ११ लाख सङ्क्रमित, ४८ हजार पशु मरे 



काठमाडौँ। 

देश व्यापी रुपमा पशुमा  फैलिएको ‘लम्पी स्किन’  रोगको महामारी सातै प्रदेशका ७७ हत्तरै जिल्लामा फैलिएको छ । लम्पी स्किन  रोगका कारण देशव्यापी रुपमा ठूलो संख्यामा पशु सङ्क्रमित हुनुका साथै मृत्यु भएको कृर्षि मन्त्रालय पशुसेवा विभागले जनाएको छ ।

महामारीका रुपमा फैलिएको यो रोगका कारण देशव्यापी रुपमा ११ लाख पशुबस्तु सङ्क्रमित हुनुका साथै ४८ हजार पशुबस्तुको मृत्यु भएको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।

 २०७९ फागुन, चैत्रदेखि फैलिएको यो रोगको उपचारका लागि नेपाल सरकारले औषधी  उपचार गर्नुका साथै रोगै लाग्न नदिनका लागि खोपको व्यवस्था गरेको जनाएको छ । रोग लागेका पशुबस्तुको औषधोपचार गर्न मिल्ने तर, खोप लगाउँदा थप संक्रमण हुने हुनाले मन्त्रालयले रोग नलागेका पशुबस्तुलाई मात्र खोप अभियान अघि सारेको जनाएको छ ।

बागमती प्रदेशमा मात्र ९६ हजार पशुबस्तु सङ्क्रमित भएका छन् भने १ लाख ३० हजार पशुबस्तुलाई भ्याक्सिनेशन गरिसकिएको पशुपछी विकास महाशाखा, बागमती प्रदेश पशुबिकास अधिकृत, डा.निशान्त गेलालले जानकारी गराए ।

बागमती प्रदेशमा १२ लाख पशुबस्तु रहेकोमा १२ प्रतिशतलाई लम्पी रोग बिरुद्धको खोप लगाईसकेको र यहि श्रावण २५ गते देखि ३१ गते सम्म बागमती प्रदेशमा लम्पी रोग नलागेका पशुबस्तुलाई खोप लगाउँने कार्यक्रम रहेको डा.गेलालले बताए । उनका अनुसार यो खोप अभियानले ६५ लाख पशुबस्तु समेटिने अनुमान गरिएकोछ ।

डा.गेलालका अनुसार बागमती प्रदेशमा लम्पी नियन्त्रणका लागि एउटा जिल्लालाई ५ लाख देखि ९ लाख सम्म बजेट बिनियोजन भैसकेको छ । यसका साथै प्रत्येक जिल्लामा थप आकस्मिक बजेट समेत निकासा गरिएकोछ । यो खोप रोग नलागेका पशुबस्तुमा मात्र लगाउँन मिल्छ । रोग लागिसकेका पशुबस्तुमा खोप लगायो भने महामारीको रुप लिन्छ । एक पटक रोग लागेका पशुलाई औषधी  उपचार गर्न मिल्छ तर रोगबिरुद्धको खोप लगाउँन मिल्दैन । यस्ता पशुलाई एक बर्ष पछि बुस्टरडोज लगाउन मिल्छ । रोगलागेका पशुलाई रोगसंग लड्ने क्षमताको विकास आफै भएको हुन्छ । यो खोपले १६ प्रतिशत सम्म कभरेज गर्ने योजना रहेकोछ । खोप नेपाल सरकारले स्वीकृत दिएको नेटफ्लिीङ ४ प्रकारको रहेको र सोही खोप लगाउँने गरेकोछ ।

यो रोग २०७७ साल असार महिनामा मोरङमा देखा परहेको थियो । गतबर्ष चैत्रबाट देखा परेको लम्पी बजेट अभावका कारण समयमै नियन्त्रण गर्न नसकेका कारण यति धेरै फैलिएको डा.गेलाल बताउँछन । आतसी रोग नियन्त्रण योजना अनुरुप गरिएको उपचार लम्पी स्किन  डिजिज खुल्ला सिमा, झिंगा, लामखुट्टे, किर्नाबाट सर्ने गर्छ । यो रोग खुला सिमाबाट बिकासे जातका गाई भारतबाट ओसार पसार गर्ने र क्वारेन्टाईन नराख्ने गरेकै कारण फैलिएको डा. गेलाल बताउँछन्  ।

यो रोगको रोकथामका लागि सरसफाईमा ध्यान दिनुपर्छ । पहिलाको दाँजोमा अहिले धेरै नियन्त्रणमा आएको उनको दाबी छ ।

डा.गेलाल भन्छन्  , यो रोग पशुबाट मानिसमा सर्दैैन । दुध राम्रोसँग उमालेर खायो भने कुनैपनि पशुबाट सर्ने दुधजन्य रोग सर्दैन र यो रोग पनि पशुबाट मानिसमा सर्दैन । तर यो रोग लाग्नुअघि खोप उपयोगी भएपनि रोग लागेपछि खोप लगाउँनु महामारी फैलाउँनु जतिकै हुन्छ । रोग लागेको थाहा पाउँने बित्तिकै उपचार गर्नुपर्छ निको हुन्छ । रोग एक ठाउँबाट अर्को ठाउँमा नसरोस भन्नका लागि अनावश्यक आफ्ना र अरुका गोठमा नजान पनि सल्लाह दिनुहुन्छ । यो रोगबाट २ देखि ५ प्रतिशत  पशुको मृत्यु हुने गरेको भएपनि हाल सम्म ३ प्रतिशतको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्