परिस्थिति अनुसार प्रभावित गर्नसक्ने क्षमता नै नेतृत्व हो : गभर्नर केसी



कास्की । 

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले सामूहिक उद्देश्य प्राप्तिका लागि परिस्थिति अनुसार प्रभावित गर्नसक्ने खुबी वा क्षमता नै असल नेतृत्वको गुण भएको बताएका छन्  ।

शनिवार पोखरामा आयोजित लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन ११ अन्तर्गतका ३ वटा क्लब लायन्स क्लब अफ पोखरा अर्पण, साधना र पिस टाउनका पदाधिकारीको संयुक्त पदस्थापन समारोहमा गभर्नर केसीले सो कुरा बताएका हुन्  । उनले भने, ‘नेतृत्व मानवजातीमा भएको गुण हो, यो सबैले प्राप्त गर्न सक्दैन, जुन व्यक्तिलाई यस्तो गुण प्राप्त हुन्छ, त्यस्ता व्यक्तिले मात्र आफ्ना मातहतका व्यक्तिहरुलाई कुशलताका साथ नेतृत्व प्रदान गर्दछन् ।’

गभर्नर केसीले  आफ्नो कार्यकालमा अगाडी सारिएको ‘नेतृत्वका लागि उत्प्रेरित गरौँ’ भन्ने नारालाई सफल बनाउन समेत क्लब पदाधिकारीलाई आग्रह गरे  ।
पदस्थापन समारोहका पदस्थापन अधिकृत समेत रहेका  डिष्ट्रिक्ट गभर्नर केसीले तिन वटा क्लबका अध्यक्ष, पदाधिकारी एवं डाईरेक्टरहरूलाई पद तथा गोपनीयताको शपथ गराई पदस्थापित गराएका थिए ।

समारोहमा तिनवटै क्लबका निवर्तमान अध्यक्षहरू अर्पणका सुनिता कोइराला, साधनाका रश्मि भण्डारी र पिस टाउनका सिता तिमिल्सिनाले आफ्नो कार्यकालमा गरेका कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए भने आज मात्र पदस्थापित अध्यक्षहरू अर्पणका उर्मिला बस्नेत, साधनाका सिता पौडेल र पिस टाउनका केसी माया नेपालीले क्लबले हालसम्म सम्पादन गरेका कार्य र भावी योजना सुनेका थिए।

लायन्स क्लब अफ पोखरा अर्पणका वर्ष २०२२र२३ का अध्यक्ष सुनिता कोइराला र २०२३र२४ का अध्यक्ष उर्मिला बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर विनोद ढुङगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट चिफ एडभाईजर लगायतले तिनवटा क्लबले समाजमा गरेका कार्यको प्रशंसा गर्दै बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

लायन्स क्लब अफ पोखरा पिस टाउनका सचिव बसन्ती बास्तोला र पोखरा साधनाका संगीता थापाको संचालनमा रहेको पदस्थापन समारोहमा लायन्स क्लब अफ पोखरा अर्पणका कल्पना बास्तोला, पिस टाउनका प्रथम उपाध्यक्ष कान्ती अधिकारी पौडेल, साधनाका प्रथम उपाध्यक्ष सुनिता गुरूङ लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्