फेवातालमा एक पुरुषको शव फेला

0
Shares

पोखरा । 

पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ।

शुक्रबार साँझ अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

वाटर फ्रन्ट रिसोर्टनजिकै तालमा डुबिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो। मृतकको पहिचान खुल्न नसकेको र साथमा भेटिएको सवारी चालक अनुमति पत्रको आधारमा पहिचान खोज्ने काम भइरहेको प्रहरीको भनाइ छ।