जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

0
Shares

मकवानपुर।

हेटौंडा उपमहानगरपालिका-२ स्थित एभोकाडो होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय बलराम बिश्वकर्मा लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५४ हजार ४ सय २० रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।