चोरीको मोबाइलको कारोबार गर्ने जैसवाल ४६ थान मोबाइलसहित पक्राउ

0
Shares

बुटवल।

भन्सार छली गरी नेपाल ल्याई आफ्नै घरमा लुकाई राखेको ३ लाख  बढी मूल्य पर्ने ४६ थान मोबाइल रुपन्देही प्रहरीले बरामद गरेकोे छ ।
रुपन्देहीका सिद्धार्थनगर नगरपालिका–१३ मा बस्ने ४० वर्षीय विशाल जैसवालले आफ्नै घरमा भन्सार छली  लुकाई छिपाई राखेको अवस्थाका विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए ।

जैसवालको  घरबाट स्क्रिनटच मोबाइल ३६थान, विभिन्न कम्पनीको सादा मोबाइल १०थान र पावर बैङ्क ६ थान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार रहेको  प्रवक्ता अर्यालले बताए । थप कारबाहीको लागी बरामद मोबाइल र जैसवाललाई भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।