पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गर्नुभएको छ ।
देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गर्नुभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गए राति पार्टीका वरिष्ठ नेता तथा सांसदसँगको छलफलपछि प्रधानमन्त्री शरिफले अर्को हप्ता अगस्ट ९ तारिखमा राष्ट्रियसभा भङ्ग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्नुभएको छ ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ ।
संसद् विघटनको सिफारिससँगै चुनावका लागि कार्यवाहक प्रधानमन्त्री पनि तोक्ने तयारी छ ।
कार्यवाहक प्रधानमन्त्री नतोकिए त्यहाँको निर्वाचन आयोगले हस्तक्षेप गरी निष्पक्ष चुनावका लागि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया बढाउन सक्ने एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ ।
पाकिस्तानको राष्ट्रियसभाले २०७८ चैतमा शहबाज शरिफलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।
प्रतिक्रिया