ललिता निवास जग्गा प्रकरण : रमेशकुमार पोखरेलसहित २ जना छुटे

0
Shares

काठमाडौँ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो।

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी स्रोतले जनाएको छ।

खेतानले भने आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो।

दुई जना छुटेसँगै अब सीआईबीको हिरासतमा २० जना बाँकी छन्।