काठमाडौँ ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।
यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ।
यस्तै हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ
प्रतिक्रिया