विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट मंगलबार नै सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमसहित ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुख खापुङको आह्वान अनुसार प्रदेशसभामा आवश्यक बहुमत ४७ पुर्याएर थापाले दाबी गरेका हुन्।
प्रतिक्रिया