२१ ओटा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई  हस्तान्तरण 

0
Shares

काठमाडौँ । 

विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले  धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार  एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १३  ओटा मोटरसाइकल र ८ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । योसंगै साउन महिनामा २९ ओटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन्  ।

यस्तै चोरीको मोटरसाइकल सहित साउन १२ गते काठमाडौँको तारकेश्वर नगरपालिका ५ गुम्बाबाट नियन्त्रणमा आएका १ जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बालाजु  पठाइएको छ ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।