काठमाडौँ।
मदन–शीला प्रतिष्ठान, काठमाडौंले जनमत मासिकका प्रधानसम्पादक मोहन दुवाललाई ‘जनमत’ मासिक पत्रिकाका माध्यमबाट नेपाली भाषा र साहित्यको समुन्नतिका निम्ति चारदशकभन्दा बढी अवधिसम्म खटी विशिष्ट र अग्रणी भूमिका निर्वाह गरी नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा पु¥याएको समुल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरेकोछ । दुवाललाई २०७६ सालको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’ बाट १ लाख १ हजार रुपैयाँ (एकलाख एक हजार) सहित सम्मान–पत्र प्रतिष्ठानका संरक्षिका शीला भट्टराईले प्रदान गरिन् ।
प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा विशिष्ट समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरीलाई नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएबापत उनीहरुलाई २०७६ र २०७७ सालको सम्मानबाट पुरस्कृत गरिएको हो ।
यसैगरी २०७७ सालको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’ ‘दायित्व’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद पन्तलाई प्रदान गरियो ।
प्रतिक्रिया