बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित

0
Shares

काठमाडौँ।

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारले प्रतिबद्धता जनाउनुपर्ने अडान लिएपछि सोमबारका लागि बोलाएको बैठक स्थगित भएको हो ।

अर्को बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ ।