सारुकका पिता सानु ताम्राकार अस्पताल भर्ना

0
Shares

काठमाडौँ।

केही साताअघि मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार नर्भिक अस्पताल भर्ना भएका हुन्। उनको आईसीयूमा उपचार भइरहेको छ ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकार बोल्न सक्ने अवस्थामा छैनन् । अहिले उनीसँगको भेटघाट पनि बन्द गरिएको छ ।

सारुक गत महिना रातोपुलको शहीदमार्गस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनाको छानबिन गर्न परिवारले प्रहरीमा उजुरी समेत दिएको छ । तर अनुसन्धान अघि नबढेको गुनासो परिवार र चलचित्रकर्मीले गरेका छन् ।