फिमेल भर्सनको ए झरीमा पुष्प र मालाको हट अवतार



लोकप्रिय पप गायक गायक नवीन के भट्टराईको हिट गीत ए झरी फिमेल भर्सनमा सार्वजनिक भएको छ।

गायक भट्टराईले झन्डै डेढ दशकअघि गाएको ए झरी गायिका अमृता लिम्बुले फिमेल भर्सनमा गाएकी हुन्। यो गीत भिडियोहित हालै सार्वजनिक गरिएको छ। म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायक तथा मोडल पुष्प खड्का र अभिनेत्री तथा मोडल माला लिम्बुले अभिनय गरेका छन्। प्रेम र प्रकृतिभावलाई दर्साइएको भिडियोमा पुष्प र मालाको हट अवतार देखिन्छ।

गीतमा संगीत ओर्जिनल भर्सनकै राखिएको छ। गीत शम्भुजित बास्कोटाको संगीत र डा. अरुण सायमीको शब्दरचनामा तयार भएको हो।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा छायांकन उत्तम हुमागाईं र सम्पादन विकास धमलाको छ। गायिका लिम्बुको यसअघि शीरैमा शीरफूल, झुम्के माया, लुकेर हे¥र्यौजस्ता गीत चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्