बाढी पहिरोले १३ घरपरिवार विस्थापित 

  डोजरे विकासले बाजुरा पहिरोको उच्च जोखिममा



बाजुरा। 

गत एक सातादेखि आएको अविरल वर्षाका कारण  बाढी पहिरोबाट बाजुरामा १३ परिवार विस्थापित भएका छन् । शुक्रवार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौँ घर जोखिममा परेका छन् ।

गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरिका पाँच र ढल्काँडाका ७ गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिए ।उनका अनुसार बेहरिका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा,बिरजित बोहराको परिवार विस्थापित  भएको छ ।

पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई विद्यालयमा सारिएको उपाध्यक्ष थापाले बताइन्  ।

घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको बताइएको छ ।गौमुलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा रहेका गाउँपालिकाले जनाएको छ।

हिमाली गाउँपालिका– ३ युनामा शुक्रवार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविंि बोहराका अनुसार शुक्रवार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको छ ।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी उपरीक्षक बोहराले ले बताए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको बताइएको  छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।

त्यस्तै बडिमालका नगरपालिका वडा नं  ७ ढम्कनेमा पनि गत साता आएको वर्षका कारण ढम्कनेका पाँच  दलित परिवार उच्च जोखिममा परेको वडाध्यक्ष धर्मराज पाध्याले जानकारी दिएका छन् । ।  ढम्कनेमा एक काठेपुल वगाएको छ भने आलुरस्टिक केन्द्र र खानेपानीमा क्षेती भएको वडाध्यक्ष पाध्याले बताए ।

पहिरो जानुको मुख्य कारण डोजरै विकास र बल मिच्याई गर्ने प्रबिृत्ती भएको स्थानइिको गुनासो छ । राजनीतिक आस्था र आसेपासेलाई काम दिने मानछेले गर्नु पर्ने सामान्य काम पनि डोजर प्रयोग गर्ने प्रबित्ती बाजुराका पालिकामा छ । गौमुल गाउँपािलकाको  थुमतला आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्ने जिम्मा स्थानीय  ठेकारको  जिम्मा लगाए ।  गाउँमा डोजर चलाउँदा हाम्रा घर भत्किन्छन् डोजर नलगाउन अनुरोध ग¥यौं , हाम्रो सीप चलने  गाउँमा डोजर चलाए ,भुकम्पले चर्केका घर छियाछिया थिए ।  एकातिर भूकम्प अर्कोतिर  गाउँमा डोजर चलाएपछि कच्ची घर शुरक्षित रहेन। अहिले गाउँलेको उठिबास भयो स्थानीय राजेन्द्र रोकायाको भनाई छ ।

बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोखिममा छन् । उनीहरुले अहिले पनि पाँल टाँगेर बस्नुपर्ने, रातभर जागराम हुनुपर्ने बाध्य छन् ।
भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले जमिन चिराचिरा परेकाले  घर झनै जोखिम रहेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरामा एक वर्षमा सबैभन्दा बढी ११ पटक भूकम्प गएको जनाएको छ ।

माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिका एकजनाको मृत्यु सँगै स्थानीय विस्थापित भएका थिए । हिमाली गाउँपालिकाको विच्छयाँ केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । हिमाली गाउँपालिका, गौमुल गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका थिए । त्यसपछि पनि बाजुरामा पटक पटक भूकम्प गइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्