चिडियाखानामा सटल बस र टाइगर गेट बनाउने मेयर महर्जनको प्रतिवद्धता



काठमाडौँ।

ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखाना अवलोकनमा सहज बनाउन सटल बसको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

विश्व बाघ दिवसको अवसरमा भएको कार्यक्रममा उनले १४/१५ सिटको हुने बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्‍याइ, तेहेर्‍याइ हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए ।

मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्