विद्युतीय सामग्री व्यवसायी संघद्वारा विद्यार्थीहरुलाई ब्याग वितरण

0
Shares

भक्तपुर ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले ब्याग वितरण गरेको छ।

संघको स्थापना दिवसको अवसरमा आज भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ्गमा अवस्थित श्री गणेश माध्यमिक विद्यालयका आर्थिक रूपले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो।

कार्यक्रमका मुख्य संयोजक बुद्धि कुमार मुस्याख्वले “शिक्षा मात्र होइन व्यवहारिक ज्ञान” पनि अहिलेको समयमा अति आवश्यक भएको  बताए। श्री गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र फजुले विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरी  असल व्यक्ति भएर देशको सेवा गर्नुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा संघका अध्यक्ष गगाराम मानन्धर ,पूर्व अध्यक्ष श्याम प्रसाद मानन्धर ,निवर्तमान अध्यक्ष माधव  प्रजापति, महासचिव राम प्रसाद खर्वुजा,सचिव अल्बर्ट बज्राचार्यले पनि बोलेका थिए।

 सो कार्यक्रममा उपाध्यक्ष चन्द श्रेष्ठ, कोषाध्यक्ष श्याम दुवालको पनि उपस्थिति रहेको थियो।

संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो।