हाडनाता करणी गर्ने विरुद्ध मुद्दा दर्ता

0
Shares

धादिङ । 

आफ्नै  छोरीलाई पटक पटक जबरजस्ती करणी  गर्ने बाबुविरुद्ध जिल्ल प्रहरी कार्यालय धादिङमा बिहीबार हाडनाता करणी मुद्दा दर्ता भएको छ ।
दाङ जिल्ला घर भएका ४५ वर्षीय बाबुले १७ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको र अन्तिम पटक ०८० वैशाख ११ गते बलात्कार गरेकोले कार्बाहिकाे माग गर्दै पीडितले बुधवार जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकी थिइन्।

पीडित र आरोपित दुवै धुनीबेसी नगर पालिका -५ मा एउटा ईट्टा भट्टामा काम गर्ने मजदुर हुन् ।

आरोपितलाई प्रहरीले दाङ जिल्ला घोराही उपमहानगरपालिका -१९ बाट पक्राउ  गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  सन्तुलालप्रसाद  जैसवारले बताए । आरोपितलाई जिल्ला अदालतको आदेशले हिरासतमा राखिएको छ ।

पीडितको धादिङ अस्पतालमा बुधवार  साधारण उपचारपछि बिहीबार काठमाडौँ  थापाथली स्थित प्रसूति गृहमा उपचार र गर्भपतनका लागि पठाइएको छ । पीडितको गर्भमा ५ महिनाको बच्चा भएको प्रहरीले जनाएको छ ।