उपत्यकामा मजदुर आन्दोलन हुने 

पालीकै पिच्छे प्रशिक्षण

0
Shares

ललितपुर।

सरकारले हरेक दुई वर्षमा वृद्धि गर्नुपर्ने पारिश्रमिक वृद्धि नगरेपछि मजदुरहरु आन्दोलित हुन थालेका छन्  । न्यूनतम पारिश्रमिक २५  हजार हुनुपर्ने , सामाजिक सुरक्षामा कार्यक्रम मा मजदुरहरुलाई समावेश गरिनुपर्ने,  अन्तर्राष्ट्रिय कामदारसम्बन्धी महासन्धिहरूको पालाना हुनुपर्ने,  बिमा तथा अन्य सुविधाहरु उपलब्ध गर्नुपर्ने लगायतका मागहरु राखी मजदुरहरु आन्दोलित हुन लागेका हुन्  ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गत रहेको मजदुर विशेष जिल्ला कमिटीले उपत्यकाका सबै पालिकाहरूमा  प्रशिक्षण कार्यक्रम गरी मजदुरहरूलाई  उनीहरूको अधिकारबारे सुसूचित गराएको छ ।

यसैक्रममा  ललितपुर महानगरपालिकामा आज एमालेका केन्द्रीय सदस्य एवं मजदुर विशेष जिल्ला कमिटीका इञ्चार्ज गोविन्दप्रसाद दुलालले ललितपुरको प्रशिक्षण कार्यक्रममा बोल्दै मजदुरहरूका बारेमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले बुझाएका मागहरूको १५  दिनभित्र सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रमहरु  अगाडी बढाउने चेतावनी  दिएका छन् ।

 उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै दुलालले भने ‘’प्रत्येक वर्ष  थपिने पाँच लाख थप  जनशक्ति बारे सरकारले नीति बनाउन नसक्नुका कारणबाट  भारतबाहेक अन्य मुलुकमा मात्रै झन्डै  चालीस लाख नेपाली कामदारका रुपमा विदेशमा बस्नुपरेको छ । हरेक दिन करिब एक हजार पाँच सय श्रमिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा समेत सरकारले देखेको नदेखेइ  गरेको छ । विप्रेषणबाट प्राप्त रकमलाई उत्पादनमा लगाउन सकिरहेको छैन । जसले गर्दा स्वदेशमा रोजगारी सिर्जना गर्नमा यो रकम उपयोग हुने तर्फ सरकारले कुनै नीति नबनाउनु दुर्भाग्य पूर्ण हो  ।”