निर्माता, निर्देशक घिमिरेलाई मातृशोक



काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता उज्वल घिमिरेलाई मातृशोक परेको छ ।

उनको आमा पूर्णिमा घिमिरेको ८५ वर्षको उमेरमा गत असार ३१ निधन भएको हो ।

अमेरिकामा रहँदै आएका घिमिरे आमाको निधनपछि काजकिरियाका लागि काठमाडौंमा छन् ।

१३ दिने काजकिरिया संस्कार हिजै पूरा भएको र आज केही विधि हुने घिमिरेले जानकारी दिए ।

पूर्णिमाको परिवारमा दुई छोरा र एक छोरी छन् । उज्वल उनको जेठो छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्