चार लाखको लत्ताकपडासहित अटो रिक्सा नियन्त्रणमा

0
Shares

रुपन्देही।

जिल्लाको रोहीणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करीब ४ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा सहित एउटा अटो रिक्सा नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले लु १ ह ३५३९ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो । लत्ताकपडा ल्याउँदै गरेका व्यक्ति तथा अटो चालक भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै लत्ताकपडा र अटो रिक्सा छाडी फरार भएका थिए ।

बरामद लत्ताकपडा तथा अटो रिक्सा भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।