भारत लैजाँदै गरेको ३० लाखको स्याउसहित ट्रक नियन्त्रणमा

0
Shares

सिरहा।

जिल्लाको नवराजपुर गाउँपालिका ५ देवनगर र झाँझपट्टीको सीमाईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करीव ३० लाख ३६ हजार रुपैयाँ
बराबरको स्याउसहित एउटा मिनिट्रक नियन्त्रणमा लिएको छ ।

स १ ख ६०० नम्बरको मिनिट्रकमा राखेर नेपालबाट भारत लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको १ सय ३४ कार्टुन स्याउसहितकोे ट्रक प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा, बिओपी नवराजपुर र सुरक्षा बेश सुखिपुरले नियन्त्रणमा लिएको हो । चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै ट्रक छाडी फरार भएका थिए ।

बरामद स्याउ तथा ट्रक ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाइएको प्रहरीले जनाएको छ।