पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवस

पर्यटक सूचना केन्द्रको उद्घाटन 

14
Shares

काभ्रे। 

पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवस तथा पर्यटक सूचना केन्द्रको पनौती ७ मा उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले कार्यालयको उद्घाटन गर्नुभयो ।

‘पनौतीलाई धार्मिक रुपमा चिनाउन पर्यटकहरुको आगमनलाई वृद्धि गराउन धार्मिक पर्यटकहरुको बसाई लम्याउन आवश्यक छ’– मन्त्री लामाले भन्नुभयो–‘पनौती विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी स्थानीय तहबाट भएको कार्यलाई प्राथमिकिकरण गर्दै पनौतीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व दर्साउन प्रदेश सरकार क्रियाशील रहन्छ ।’ पनौतीलाई धार्मिक रुपले परिचित गराउन भएका प्रयासहरुलाई संस्थागत गरी पटक पटक पर्यटकहरुको आगमन हुने गरी स्थानीय स्तरबाट हुन सक्ने सम्भावनालाई अघि बढाउँदै जाने अध्यक्ष पुरुषोतम कर्माचार्यले बताउनुभयो । ‘पनौतीमा कति पर्यटक आउँछन्, कुन देशबाट आउँछन्, आएका पर्यटकहरु लाई कुनै समस्या पो पर्छ कि ? उनीहरूलाई सहज बनाउँदै सुरक्षा समेत प्रदान गर्ने उद्देश्यले सुरु गरिएको पर्यटन विकास केन्द्र अन्त्रगतको सूचना केन्द्रलाई व्यवस्थित बनाइनेछ’–अध्यक्ष कर्माचार्यले भन्नुभयो–‘पर्यटकहरुको आगमनसँगै स्थानीय स्तरमा आम्दानी वृद्धि गराउने लक्ष्य लिएका छौ ।’

‘पनौती बजार प्रवेश गर्ने वितिक्कै पनौतीको संस्कृति र सभ्यताका बारेमा पर्यटकहरुले राखेको चासोलाई सूचना केन्द्रले पुरा गर्न सकोस् भन्ने उदेश्य हो’–अध्यक्ष कर्माचार्यले भन्नुभयो–‘पर्यटन केन्द्रले वृक्षारोपण, सरसफाइ अभियान तथा बगैँचा हेरचाहको कार्यक्रम सम्पन्न गरेको छ । पनौतीको दिगो विकासका लागि पर्यटन सूचना केन्द्रले थप सहयोग पु¥याउने छ ।’ सूचना केन्द्र मार्फत पर्यटकहरुलाई पनौती भित्रका पर्यटकीय स्थलहरु घुम्न जाने गरी सवारी साधनको व्यवस्थापनका लागि पहल भएको अध्यक्ष कर्माचार्यले बताउनु भयो । संस्थापक अध्यक्ष सुरेश सैंजुले पनौती पर्यटन विकास केन्द्रले यस अघि १ सय ८ प्रकारका कार्यक्रम गरिएको बताउनु भयो । पनौतीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पर्यटन केन्द्रले गरिरहेका कार्यक्रम थप प्रभावकारी बनाउन पर्यटक सूचना केन्द्रले सहयोग पु¥याउने सैजुले बताउनु भयो । पर्यटन विकास केन्द्रलाई पनौती नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा चार लाख सहयोग गरेको थियो । चालु वर्षका लागि प्रदेश सरकारको तर्फबाट २५ लाख रकम विनियोजन भएको अध्यक्ष कर्माचार्यले बताउनु भयो ।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रको विकास, संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य भइरहेको बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले नेपालको विकास र समृद्धिमा पर्यटन क्षेत्रको विकास महत्त्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका क्षेत्र भित्रका संघ संस्थाका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, नागरिकहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।