बिल विजक बिनाको मोवाईलका डिसप्लेसहित एक जना प्रहरीको नियन्त्रणमा


बाँके ।

जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित कृषिबजार चोक नजिकैबाट बिहीबार सशस्त्र प्रहरीले करीव ४१ लाख ८१ हजार रुपैयाँ बराबरको मोवाईलको डिसप्लेसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने ३६ वर्षिय नावेद अलीलाई ३० नं बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा वेश कोहलपुरले नियन्त्रणमा लिएको हो।

से ७ प ८९९९ नम्बरको मोटरसाईकलमा सवार अलीले बोकेको उल्लेखित मुल्य बराबरको बिभिन्न ब्रान्डका मोवाईलका डिसप्लेको बिलविजक फेला नपरेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएका अलीलाई बरामद डिसप्ले तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।