एमाले संसदीय दलको बैठक आह्वान



काठमाडौं । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठक बस्नुअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभाको बैठक १ बजेलाई बोलाइएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाबाट फर्केलगत्तै एयरपोर्ट भन्सारबाट पास भएर राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताएको थियो ।

संसदीय बैठकमा सुन प्रकरणबारे धारणा बनाउँने एमाले प्रमुख सचेतक पदम गिरीले बताए । उनका अनुसार छलफलपछि संसदमा पार्टीको प्रस्तुति के हुन्छ, टुंगो लाग्छ ।

बैठक १२ का लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्