माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठक बसेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा जारी छ ।

पार्टीका कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

आगामी साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न पार्टी पदाधिकारी बैठक बसेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा भएकाले श्रेष्ठको अध्यक्षमा पदाधिकारी बैठक बसिरहेको हो ।

बैठक ३ दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्