प्रहरी निरीक्षकको मोटरसाईकल दुर्घटनामा मृत्यु



सर्लाही । जिल्लाको बयलबासमा मोटरसाईकल दुर्घटना हुँदा प्रहरी निरीक्षक बसन्त साहको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–६ घर भई हाल राष्ट्रिय अनुसन्धान विभाग मलंगवामा कार्यरत प्रहरी निरीक्षक वसन्त साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

साह सवार बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाईकल हिजो (मंगलबार) राति फ्रूलजोड–त्रिभुवननगर सडकखण्डअन्तर्गत खोरिया पुल नजिक दुर्घटना भएको थियोे ।

स्थानीयले मोटरसाईकल दुर्घटना भएको स्थान नजिकै आज (बुधबार) बिहान साहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्