वर्षेनी पानीमा डुबेर कतिले गुमाउँछन् ज्यान ?



काठमाडौं । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार यसमध्ये ५३.७ प्रतिशत २५ वर्ष मुनिको उमेर समूहका रहने गरेको तथ्यांक रहेको प्रहरीको भनाइ छ ।

अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोलारनदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेका छन् ।

नेपालमा धेरैजसो असारदेखि असोज महिनासम्ममा पानीमा डुबेर वा पानीजन्य विपद्का कारण धेरैको ज्यान जाने गरेको छ ।

पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि स्थानीयस्तरदेखि नै जनचेतनामा जोड दिनुपर्नेमा राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसैबीच, बालबालिका पानीमा डुब्ने घटना रोकथामका लागि अभिभावकले विशेष ध्यान दिनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वर्षायाममा वा आँधीबेरी आउने बेलामा खोला, नदी, ताल आदिमा बाढी आउन सक्ने भएकोले यस्तो अवस्थामा बालबालिका तथा सबै उमेरका व्यक्तिले शतर्कता अपनाउनु पर्ने मन्त्रालयले बताएको छ ।

बालबालिकाहरू पानीमा हुँदा वा पानी वरपर हुँदा अभिभावकहरूले उनीहरूको निरन्तर निगरानी गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।

प्रतिक्रिया दिनुहोस्