कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति देउवाले जवाफ दिने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि गत सोमबारदेखि पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

जसअनुसार सोमबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको बताइएको छ ।

बैठक दिउँसो ४ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्