गण्डकीबाट ४५ खेलाडी छनोट



पोखरा । साफ यु–१६ च्याम्पिनिसिपका लागि चलिरहेको छनोटमा गण्डकीबाट ४५ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) साफ च्याम्पियनसिपका लागि यु–१६ राष्ट्रिय टोली छनोटका लागि जिल्ला प्रदेश छनोट गरिरहेको छ । सोही छनोट अन्तरगत गण्डकीमा जिल्ला लगत्तै प्रदेश छनोट सम्पन्न भएको छ । ९ जिल्लाको सहभागिता रहेको प्रदेश छनोटमा कुल २१८ खेलाडीको सहभागिता रहेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार तनहुँबाट ४३, बागलुङबाट २५, स्याङ्जाबाट २३, पर्वतबाट २५, मनाङबाट दुई, गोर्खाबाट ३२, नवलपुरबाट ३० र लम्जुङबाट १६ खेलाडीको सहभागिता रहेको थियो ।

कास्की फुटबल संघले भने इगोका कारण प्रदेश छनोटमा सहभागिता नजनाउने भएतापनि चौतर्फी दबाबका दिन छनोटको अन्तिम दिन सहभागिता गराएको थियो । कास्कीबाट खेलाडी आफै आउँन थालेपछि बाध्य भएर जिल्लाले सहभागिता देखाएको थियो । कास्कीबाट २२ खेलाडीको सहभागिता रहेको थियो ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जितले इगो देखाउँदा कास्कीका खेलाडीको भविष्य नै अन्योलमा परेको थियो । छनोटमा खेलाडी सहभागिता नगराएपछि प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समितिमार्फत स्पष्टिकरण सोधेको थियोे ।
रञ्जितले आफुलाई छनोट खेलको बारेमा कुनै जानकारी नै नगराएको कारण खेलाडी सहभागिता नगराएको बताएका थिए । उनले प्रदेशले टिम सहभागिताका लागि पत्राचार गरेपनि छनोटमा कास्कीका कसैलाई पनि जिम्मेवारी नदिएको कारण खेलाडी सहभागिता नगराएको आश्य व्यक्त गरेका थिए ।

पोखरामा छनोट चल्दा जिल्लासँग समन्वय हुनुपर्ने उनको माग थियो । कास्कीका खेलाडीलाई सिद्यैँ केन्द्रमा नै छनोटमा सहभागि गराउने बताएपनि केन्द्र र प्रदेश परिषद्को दबाब पछि रञ्जित पछि हटेको एक पदाधिकारीले बताए । कास्कीले इगो मात्र देखाएन खेलाडी छनोटमै समेत कास्कीबाट २२ खेलाडी मध्ये चार खेलाडीको उमेर बढी भएकाले फालिएका छन् ।

ती मध्ये तीन जना छनोटमा सहभागि नै भएनन् । उनीहरुको उमेर तोकिएको मापदण्ड भन्दा बढी भएकाले सहभागी नभएको छनोटमा सहभागि एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार जिल्ला छनोटमै उनीहरुलाई छनोट गर्दा कागजात मिलाउन मिल्ने भन्दै पठाएको थियो । तर वडाबाट सिफारिस नभएपछि उनीहरुले छनोटमा सहभागिता देखाएनन् ।

‘जिल्ला छनोटमा गल्ति भएको देखियो । खेलाडीको कागजात जिल्लामै हेर्नुपर्ने थियो तर हेरेको देखिएन’ एक पदाधिकारीले भने, ‘जिल्ला छनोट गर्दा कागजात मिलाउन पर्छ भनेर छनोट गरेको देखियो पछि वडाले सिफारिस दिन नमानेपछि दुई खेलाडी त छनोटमै आएनन् ।’ ति पदाधिकारीका अनुसार कास्की जिल्ला छनोटमै गलत भएको थियो ।

छनोट खेल संयोजक मिलन गुरुङका अनुसार छनोट चरण निकै राम्रो भएको बताए । पोखरा रंगशालामा भएको छनोटको मुख्य प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए । उनको टिमले नै खेलाडी छनोट गरेको थियो । अब प्रदेश छनोटमा परेका खेलाडीको अन्तिम छनोट काठमाडौंमा हुनेछ । काठमाडौंमा छनोट पश्चात नेपाली यु–१६ पुरुष राष्ट्रिय टोली घोषणा गरि बन्द प्रशिक्षणमा बस्ने संयोजक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्