सामाजिक कथाको मिठो फिल्म कहिलेकाहिँ मात्र हेर्न पाईन्छ। लोकप्रिय अभिनेता तथा रंगकर्मी सरोज खनालले भने यसपटक यस्तो फिल्म हेर्ने अवसर जुराइदिएका छन्।
खनालको डेब्यु निर्देशनमा दोस्रो सातामा प्रदर्शन भइरहेकोे बगान नामक फिल्म हेर्ने जो कोहीलाई यो पंक्तिकारलाई जस्तै यस्तो महशुस भएको हुनुपर्छ। बगान नाम सुन्दा जति रोचक लाग्छ, त्यति नै यो नामको फिल्म हेरिसकेपछि केही सोच्न बाध्य तुल्याउँछ। खनालले बनाएको बगान वास्तवमा एक त्यस्तो एकल नारीको कथा हो, जो भित्र अनेकन इच्छा र आकांक्षा छन्। सुन्दर सपना र कल्पना छन्। तर, त्यसको आभाष उनी स्वयंले छैन। जे जति छन्, सुष्पुप्त अवस्थामा छन्। अरु कसैले त्यसलाई कोट्याइदिए पछि मात्र उनका इच्छा, आकांक्षा, सपना, कल्पना सबका सब ब्युँतिन पुग्छन्।
एउटा अवला नारी, जसको श्रीमान्ले जवानीमै आत्महत्या गरेपछि उनीसँग सहाराका नाममा बाँकी रहन्छन् केही रुढीवादी आफन्त र केवल छोरी मात्र। वास्तवमा ऊ बाँचेकी छ नै छोरीका कारण। ऊ संघर्ष गरिरहेकी छे नै छोरीका लागि। पढ्ने रहरलाई वास्तविकतामा बदल्न उनी संसारभरिकै प्यारी आप्mनी छोरीलाई अरुको काखमा सुम्पेर कक्षा धाउन थाल्छे। त्यस क्रममा बाटोदेखि स्कुलसम्म व्यंग्य र उपहास पाइरहन्छे। उनका पाइलालाई रोक्न समाजले अनेकन लान्छना लगाउँदै जान्छ। ऊ भने डटेर लम्किरहन्छे। जसका कारण पढाइदेखि जागिरे जीवनसम्मको यात्रा पार गर्न सफल हुन्छे।
बगानको पहिलो भागको मुख्य कथा यही हो। दोस्रो भागको कथा अभैm रोचक छ। जसमा ऊभित्रका सुषुप्त चाहना र भावना छताछुल्ल हुन पुग्छन्। त्यसलाई साकार पार्नका लागि ऊभन्दा पनि बढी लालयित हुन्छे उसको प्राणप्यारी छोरी। यसरी फिल्म शरु भएर सकिँदासम्म बगानको कथाले दर्शकलाई घरि अब के होला भन्ने कौतुहलता जन्माइदिन्छ भने घरि हँसाइदिन्छ त घरी रुवाइदिन्छ।
एकल नारीको साहसिक जीवन संघर्षलाई मुख्य विषय बनाइएको फिल्मको कथा नेपाली समाजले देखिरहेको र भोगिरहेको कथा भएकाले बगान हेर्नेहरुले यसलाई वास्तविक कथाका रुपमा ग्रहण गर्छन्। फिल्ममा पटकथाको तुलनामा संवाद धेरै बलियो र सशक्त लाग्छ। कथा बुझाउने र त्यसलाई अगाडि बढाउने क्रममा केही दृश्य र प्रसंग अनावश्यक लाग्छन्। अभिनेता सरोज खनाल बगानमा लेखन र निर्देशनसँगै अभिनयमा पनि देखिएका छन्। तर, बिहानीमै अस्ताएको सूर्य नामक सर्ट फिल्मबाटै आपूmलाई निर्देशनमा अब्बल सावित गर्न सफल उनी अभिनयमा भन्दा निर्देशनमा र निर्देशनमा भन्दा अभिनयमा बलियो देखिन्छन्। अर्थात् दुवैमा प्रभावशाली देखिएका छन्। त्योभन्दा बढी सफल र प्रभावशाली संवाद लेखनमा लाग्छन्। बगानका लागि उनले यति बलियो र चोटिलो संवाद लेखेका छन् कि धेरै ठाउँमा तालीको वर्षा हुन्छ। निर्देशकका हिसाबले हसाउँदै रुवाउँदै अनि फेरि रुवाउँदै हसाउँदै फिल्मलाई अघि बढाउन सफल देखिएका उनमा सबै मुख्य कलाकारको दृश्यलाई बलियो र प्रभावित बनाउने दख्खल पनि राम्रो भेटिन्छ। सबैजसो कलाकारको इन्टर्डक्सन सट उनले बडो मेहनतका साथ प्रस्तुत गरेका छन्। तर, केही पात्रलाई जर्बजस्ती खडा नगरी आवश्यक पात्रलाई मात्र स्थान दिएको भए फिल्म अभैm प्रभावकारी र चुस्त बन्न सक्थ्यो। बगानभित्र एकल नारी बनेकी करिश्मा मानन्धरलाई कहिले सेतो र कहिले रंगीन वस्त्र पहिराउँदा जिकज्याक महशुस हुन्छ, तर सिक्वेन्सले भने बाँध्ने कला खनालमा राम्रै देखिएको छ। परम्परागत सोचको नातेदार र उनीहरुसँगको लडाइँलाई थप समय दिएर अझ दरिलो बनाउन सकिने मामलामा भने पटकथाकारले अल्छी गरेका छन्। लामो समय रंगमञ्चमा बिताएका खनालले बगानमा रंगमञ्चमा प्रयोग हुने विम्बलाई गजबले प्रयोग गरेर थुप्रै दृश्यलाई सबल र प्रभावशाली बनाइदिएका छन्। समग्रमा उनले बगानबाट आपूmलाई ठूलो सम्भावना बोकेको निर्देशक सावित गर्दै निर्देशनमा पनि धाबा बोलेको महशुस हुन सक्छ।
अभिनयको कुरा गर्दा मुख्य भूमिकामा देखिएकी करिश्मा मानन्धरले यो फिल्मबाट आपूmलाई दरिलो अभिनेत्री सावित गरेकी छन्। करिश्माले फिल्मभित्र उमेर गइसकेपछि पनि अध्ययनमा गरेको मेहनतका प्रसंग र दृश्यले उनकै जीवनको झल्कोसमेत दिन्छ। एक हिसाबले बगान उनका लागि रिब्रेक पनि भन्न सकिन्छ। यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी प्रमिला कार्कीले अभिनयमा राम्रो सम्भावना देखाएकी छन् भने आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्माजस्ता कलाकारको अभिनयले फिल्मलाई सम्पन्न बनाउन सहयोेग गरेको छ। फिल्मको गीत+संगीत उत्कृष्ट छ, छायांकन बलियो सम्पादनमा भने केही दृश्य छाँटकाट गर्न सकिए फिल्म चुस्त बन्न सक्थ्यो भन्ने लाग्छ।
समग्रमा बगानले हलसम्म जानेहरुलाई पहिलो भागमा केही दुःखी बनाए पनि दोस्रो भागले अघिल्लो भागलाई बिर्साइदिन्छ र भन्न मन लाग्छ फिल्म हेरेर मज्जा आयो।
बगानभित्र
निर्देशन र लेखन ं: सरोज खनाल
कथा : स्वप्निल निरभ
निर्माण तथा गीत : शुरेस वाग्ले
संगीत : हरि लम्साल र सुवास भुसाल
स्वर : सुगम पोखरेल, अञ्जु पन्त, बानिका प्रधान र अस्मिता अधिकारी
डीओपी : गौरीशंकर धुजु
छायांकन : उत्सव दाहाल र नारायण जिसी
सम्पादन : सन्देश शाह
कलाकार : सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा
प्रतिक्रिया