काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा प्रा.डा. हुमागाईं नियुक्त



काठमाडौँ । 

काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा प्रा.डा.मनोज हुमागाईं नियुक्त हुनुभएको छ ।

यसअघि धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख डा, राजेन्द्र कोजुले दुई कार्यकाल डीनको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँको कार्यकाल यही श्रावण ८ गते सकिएसँगै उक्त पदमा डा. हुमागाईलाई नियुक्त गरिएको हो ।  काठमाडौँ विश्व विद्यालयको नियमानुसार दुई पटकभन्दा बढी एकै व्यक्ति डीनको पदमा नियुक्त हुन नपाउने व्यवस्था छ । डा.हुमागाई तत्कालीन एसोसिएट डीन हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्