जनतालाई दास बनाउन बीपीको नाम लिनु पाप हो : चन्द्र भण्डारी



काठमाडौँ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य  चन्द्र भण्डारीले जनतालाई दास बनाउन बीपीको नाम लिनु पाप भएको बताएका छन् ।

मंगलबार बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

“दास बनाउन बीपीको नाम लिनु पाप हो । मुलुक कसले बनाउने ? यो लोकतन्त्र लुटतन्त्र हो ? सत्ता भ्रष्टाचार हो ?,” उनले भने, “हामी आन्दोलन गर्न जान्यौँ, सत्ता चलाउन जानेनौँ ।”

नेता भण्डारीले कांग्रेसको जारी केन्द्रीय समिति बैठक आरोप–प्रत्यारोमा व्यस्त भएको बताए । जनताका एजेन्डाको विषयमा छलफल नभएको उनको टिप्पणी छ ।

उनले पदाधिकारीहरुलाई भाषण गरेर नहुने भन्दै काम गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्