सय केजी सुन प्रकरणपछि फेरिए भन्सार प्रमुख

पोखरेललाई हटाएर टोकराज पाण्डेलाई प्रमुखको जिम्मेवारी



काठमाडौँ।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

अरुण पोखरेल गत असार १७ गतेदेखि बिरामी बिदामा छन्।बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्