आरजु राणाको गुनासो- ममाथि मिडिया ट्रायल गरियो



काठमाडौं ।

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले आफूमाथि मिडिया ट्रायल गरिएको गुनासो गरेकी छन् ।

जनकपुरधाममा मंगलबार कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताएकी हुन् । उनले मिडियाबाट आफूमाथि आक्रमण भएको बताइन् ।

‘कहिलेकाहीँ मिडियाबाट आक्रमण हुने आक्रमण आफूमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको बताएकी उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो ।’

प्रतिक्रिया दिनुहोस्