नासिरद्वारा अर्को नयाँ किर्तिमान



Nasir Yahya Hussain. Photo/Hemanta Shrestha

काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानमा जारी २० औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा अर्को कीर्तिमान रचेका छन् । फुकुओमामा भएको प्रतियोगितामा नासिरले २ सय मिटर फ्रिस्टायलमा १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् ।

यसअघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय किर्तिमान रहेको थियो । नासिरले उक्त किर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए । उनले आइतबार ४ सय मिटर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।

यस्तै महिला तर्फ दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंहले पनि उपलब्धी हासिल गरिन् । उनले १ सय मिटर ब्याकस्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पुरा गरिन् । गौरिकाको यस अघिको समय १ मिनट ७.३१ सेकेन्ड समयको रेकर्ड रहेको थियो । उनले उक्त रेकर्ड गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्