प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी शेख हसिनाबीच आज भेटवार्ता हुँदै



काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच आज (सोमबार) द्विपक्षीय भेटवार्ता हुने भएको हो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडिआइएफ) कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको दूतावासले बताएको छ ।

प्रधानमन्त्रीले खाद्य प्रणाली रूपान्तरण( सफलता, चुनौती र आगामी यात्रासम्बन्धी कार्यक्रममा भाग लिन शनिबार इटाली पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्