विपद्जन्य घटनामा परी आजसम्म कति जनाको ज्यान गयो ?



काठमाडौं । बैशाख १ देखि साउन ६ गतेसम्म भएका विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या १ सय १४ पुगेको छ ।

विपद्का २ हजार १ सय ३४ घटनामा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

केन्द्रकाअनुसार बितेको २४ घण्टामा चट्याङबाट दाङ, रोल्पा र पर्वतमा गरी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

विपद् प्रभावितलाई सरकारले राहत रकम प्रदान गर्दै आए पनि विपद् कोष सञ्चालनमा अन्योल रहेको विपदविज्ञ डा. गङ्गालाल तुलाधरले बताए ।

प्रतिक्रिया दिनुहोस्