अनुहारको कुरुपता र हड्डी लक्षित उपचार नेपालमै  हुने



काठमाडौँ।

नेपालमै पहिलो पटक अनुहारका बिकृतीसम्बन्धी उपचारका लागि लक्षित गरी छुट्टै विशिष्टीकृत अस्पताल स्थापना हुने भएको छ । यही साउन ६ गतेदेखि अनुहारको कुरुपता, दिमागी समस्या हड्डी लक्षित उपचारका लागि छुट्टै अस्पतालको स्थापना हुने जानकारी गराइयो ।
खुडे, तालु फाटेको लगायत मानसिक रुपमा समेत हड्डी फुटेर हुने समस्यालाई लक्षित गरी नेपालमा पहिलो पटक अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्याको उपचारका लागि केन्द्रित विशिष्टीकृत अस्पतालको स्थापना हुने भएको छ।

अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा नेपाली नागरिकलाई विना शूल्क उपचार प्रदान गर्ने उदेश्यले काठमाडांैको नख्खुस्थित संचालनमा आउन लागेको यस एकद्वार उपचार केन्द्रको शनिवार सिलन्यास भएको हो । साथै वसुन्धरा स्थिति कान्तिपुर डेण्टल अस्पतालमा समेत यसको सेवा सुरु गरिएको जानकारी गराइयो ।

 विश्वबिख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्धारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा दुवै अस्पतालमार्फत खुँडोपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्या भएका ब्यक्तिहरुले पूर्णत नि:शुल्क सेवा पाउने शनिवार आयोजित एक कार्यक्रमकाबीच जानकारी गराइयो ।

पहिलो चरणमा वर्षमा ५ सय जनालाई हड्डी फुटेर खुडे भएको लगायत, दुर्घटनामा परि अनुहार कुरुप भएकालाई निःशुल्क उपचार गरिने जानकारी गराइयो । आम नेपालीलाई नि:शुल्क उपचार प्रदान गर्ने उद्देश्यलाई पूरा गर्न विश्वबिख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्धारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको बैदेशिक अंशको रुपमा नेपालमा पनि पहिलो पटक नेशनल इन्स्टिटियुट अफ क्रेनियोफेसियल सर्जरीक शनिवारै स्थापना गरियो ।

क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा नेपालमा स्थापना भएको नेशनल इन्स्टिट्युट अफ क्रेनियोफेसियल सर्जरी गरिब तथा समस्यामा रहेका सर्वसाधारण ब्यक्तिहरुलाई निशूल्क सेवा दिने उद्देश्यसहित भारत तथा अफ्रिकामा पनि संचालनमा रहेका जानकारी गराइयो ।

नेपालमा हरेक आठ सयमा एक जनामा खुँडेपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्या रहेको बताउँदै सोको उपचारका लागि डा. सिंहले आफ्नै अगुवाइ तथा आर्थिक लगानीमा सुविधासम्पन्न अस्पतालको स्थापनाको काम थालिएको जानकारी गराउनुभयो । यो उपचारका लागि डेढ वर्षभित्र नक्खुमा अस्पताल संचालनमा आउने र वसुन्धरा स्थित कान्तिपुर डेण्टल अस्पतालका अध्यष डा. बुद्धिमान श्रेष्ठको सहकार्यमा नि:शुल्क उपचार सेवा यसै सातादेखि नै सुरु गर्न लागिएको जानकारी दिनुभयो।

सुरुवाती चरणमा प्रति वर्ष करिब ५ सय जनालाई नि:शुल्क शल्यक्रिया तथा उपचार सेवा दिने र भविष्यमा बार्षिकरुपमा १ हजार ५ सय जनासम्मलाई नि:शुल्क सेवा दिने लक्ष्य लिएको डा. सिंहले बताताउँनुभयो । नेशनल इन्स्टिटियुट अफ क्रेनियोफेसियल सर्जरीका विभिन्न विभागमध्ये हर्मर सेलर सेन्टर फर क्लेफ्ट एण्ड क्रेनियोफेसियल एनामोलिजअन्तर्गतका सेवाहरु नि:शुल्क उपलब्ध गराउने जनाएको छ ।

अस्पतालले एकै छतमुनी नेशनल सेन्टर फर टिएमजे डिस्अर्डर, फेसियल प्लाष्टिक एण्ड एष्थेटिक्स्, नेशनल सेन्टर फर क्रेनियो–मेक्सिलो फेसियल ट्रमा, नेशनल सेन्टर फर इम्प्लान्टोलोजी लगायतका विभागअन्तर्गत अन्य विभिन्न सेवा तथा उपचारहरु सशुल्क प्रदान गराउने छ । “नेपालमै पहिलो पटक खुँडेपना तथा अनुहारका विभिन्न बिकृतीसम्बन्धी समस्याको उपचारका लागि उच्चरुपले विशिष्टीकृत सेवा–संस्थाको स्थापना गर्ने मेरो लामो समयदेखिको सपना साकार हुन गइरहेको छ,” डा. सिंहले भन्नुभयो,“त्यसमा पनि यस जटिल तथा महँगो उपचार पद्धतीलाई क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलजस्तो विश्वस्तरमा योगदान गरिरहेको संस्थाको आर्थिक सहायतामा निःशुल्क उपचार सेवा कान्तिपुर डेण्टल कलेज जनरल अस्पताल र नख्खुमा दिन पाउँदा म अझै हर्षित छु ।” डा. सिंहले अस्पतालमार्फत हाल आर्थिक समस्या एवं सुलभ उपलब्धताको अभावमा उपचार हासिल गर्न नसकी समाजमा तिरष्कृत एवं हेपाहा ब्यवहारको सामना गर्न बाध्य असंख्य नेपालीहरुलेफेरी सम्मानजनक जीवन जिउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

यो उपचारका लागि १ लाख देखि १० लाख सम्म लाग्न सक्ने र सम्पूर्ण खर्च दातृ निकायले व्यहोर्ने पनि जानकारी गराइयो । कार्यक्रममा बिरामीको आफन्तलाई आउने जाने गाडी भाडा र खाना, बासको समेत अस्पतालले व्यवस्था गर्ने जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्