सामाखुसीमा नालामा खसेर एक बालक बेपत्ता

0
Shares

काठमाडौँ।

काठमाडौंको सामाखुसीको नालामा खसेर एक जना बालक बेपत्ता भएका छन्।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर निस्किएका बालक स्ल्याबहरू नभएको ठाउँबाट नालामा खसेका थिए।

उनी नालामा खसेको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर साँझसम्म पत्ता नलागेको बताइएको छ।