सय केजी सुन प्रकरण : निलम्बित कर्मचारी र भन्सार एजेन्टसहित ६ जना पक्राउ

0
Shares

काठमाडौँ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ। विभागको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

निलम्बनमा परेर पक्राउ पर्ने कर्मचारीहरुमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्।

भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन्। उनीहरुलाई छानबिनको दायरा बढाउन समातिएको विभागले जनाएको छ।

यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।