नेपाल आउँदै चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय टोली नेपाल आउने भएको छ ।

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते बिहान ११ बजे छिमेकी मित्र रास्ट्र जन गणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य युयान च्याच्युन नेपाल आउन लागेका हुन् ।

च्या २५ सदस्यीय टोलीसहित महत्वपूर्ण राजनीतिक भेटवार्ताका लागि नेपाल आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्