धादिङ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं ३ स्थित रातमाटेमा मोटरसाइकल ट्रक संग ठोकिदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
काठमाडौँबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश१ ००(००१ ख ८०२९ नम्बरको ट्रक र लम्जुङ्गबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०२(०३७ प ७७३१ नम्बरको मोटरसाइकल र ट्रक एक आपसमा ठोकिदा पर्सा जिल्ला बिरंगज बस्ने २५ बर्षीय कृष्ण श्रीवास्तवको ज्यान गएको हो ।
यस्तै दुर्घटनामा लम्जुङ्ग राइनास नगरपालिका वडा नं ६ बस्ने २१ बर्षिया अस्मिता पाठक गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यलयका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताउनुभयो।
गम्भीर घाइते पाठकलाई थप उपचारको लागि काठमाडौँ रिफर गरेको राजमार्ग अस्पतालले जनाएको छ । तीव्र गतिले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताइएको छ ।
प्रतिक्रिया