बालुवाटार जग्गा प्रकरण : पक्राउ परेका अभियुक्तलाई थप ५ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं ।

काठमाडौंस्थित बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसहितका अभियुक्तहरु थप पाँच दिन हिरासतमा बस्ने भएका छन्।

शुक्रबार काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो। बालुवाटार जग्गा प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो।

सीआईबीले उनीहरुविरुद्ध किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्