बञ्चरेडाँडामा फोहोर विसर्जनमा फेरि अवरोध, प्रहरी स्कर्टिङमा लान थालियो ( भिडियाेसहित)

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरले प्रहरी स्कर्टिङको सहयोगमा काठमाडौंबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो ।

बञ्चरेडाँडा आसपासका स्थानीयले यसअघिको सम्झौता कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन् ।जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौँमा फोहोर बढ्न पुगेको छ ।