विदेशी मुद्रा अवैध रूपमा विदेश लान खोज्ने थापा पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ सय ८ सहित रूपन्देही तिलोत्तमा नगरपालिका–९ तुल्सीपुर घर भएका अनिस थापालाई प्रहरीले पक्राउ गरेको छ ।

हिमालयन एयर लाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लास्टिकले ¥यापिङ गरी चाउचाउको बीचमा लुकाई लैजान लागेको अवस्थामा उक्त विदेशी मुद्रा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

थप अनुसन्धान एवम् सोधपुछको क्रममा मुद्राहरू रूपन्देही तिलोत्तमा नगरपालिका–९ घर भएका दिपेश रानालगायतका व्यक्तिहरूले दिएको भन्ने खुल्न आएपछि दिपेश रानालगायत ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा वागमती प्रदेश –०१–०२७ च ६२६६ नम्बरको गाडीमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्