काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बुधबार करिब सय किलो सुन बरामद भएपछि परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा ल्याइएको छ ।
बरामद भएको सुन परीक्षण गर्नका लागि राजस्व अनुसन्धान विभागले टक्सार विभागमा ल्याएको हो । सुनको परीक्षण गर्नका लागि राष्ट्र बैंकको टोली टक्सार विभाग आइसकेको छ ।
राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा बुधबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको सुन बरामद गरिएको थियो ।
तस्बिर : अनिल अङदाम्बे /न्युज अफ नेपाल
प्रतिक्रिया