जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध निर्वाचन लड्ने कुशवाहा पार्टीबाट निष्कासित



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहा कारबाहीमा परेका छन् ।

उपनिर्वाचनको संघारमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुशवाहा अनुशासनको कारबाहीमा परेका हुन् । उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ वर्षका लागि निलम्बनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्